दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन सुरु

चन्द्रागिरी, काठमाडौँ । काठमाडौंको चन्द्रागिरी डाँडामा बुधबारदेखि दुई दिने दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलनका वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको हो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । हेलिकोष्टरमा आएका प्रधानमन्त्री देउवाले सम्मेलनमा तीन घण्टा बिताए । उनले दुई वटा अन्तर्राष्ट्रिय स्तरमा भएको अभ्यास र एउटा नेपालको वस्तुस्थिति बारे गरिएको प्रस्तुति पनि सुने ।

उनले कार्यक्रममा नेपाल जस्ता अन्य पर्वतीय मुलुकले गरिवी, खाद्य असुरक्षा, प्राकृतिक विपत्ती, जलवायु परिवर्तनको असर गम्भीर रुपमा भोग्नु परेको बताए । त्यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा पनि व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले बिभिन्न अध्ययनहरुबाट जलवायु परिवर्तनको असरले हिमाली क्षेत्र बढी प्रभावित हुँदै गएको देखाएकाले नेपाल जस्ता कम विकसित मुलुकका लागि चिन्ताको विषय भएको बताए ।


वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल

उनले विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका हिमाल काला भएको र नयाँ हिमताल बन्ने क्रमले जोखिम बढाएको बताए । प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीले नेपाल लगायतका हिमाली देशहरु बढी आर्थिक सङ्कटमा परेको बताए । त्यसका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह पनि गरे ।

वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले पर्वतीय क्षेत्रको दीगो विकासको मुद्धा नेपालको मात्र नभएको बताए । उनले भने, हिमाली क्षेत्र संकतमा पर्नु भनेको विश्व समुदायलाई नै क्षति हुनु हो । त्यसैले सबैले हिमाली क्षेत्रको संरक्षणमा लाग्न जरुरी छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले नेपालमा भइरहेको यो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालजस्तै पर्वतीय मुलुकहरुको साझा एजेण्डा तयार पार्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here