काठमाडौँ । तीन दिने ३८ औँ वार्डेन सम्मेलन शुक्रबारबाट काठमाडौंमा सुरु हुने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार सबै संरक्षण क्षेत्रमा कार्यरत संरक्षण अधिकृत, नेपाली सेना तथा मध्यवर्ती व्यवस्थापन समितिको सहभागिता रहने छ ।
यो सम्मेलन २० औँ मध्यवर्ती व्यवस्थापन समितिको बैठक पनि सञ्चालन हुनेछ ।
यो वर्षको नारा मूख्य प्रजातिको अवस्थामा सुधार ः स्वस्थ वातावरण तथा समृद्धिको आधार भन्ने तय भएको महानिर्देशक डा. कँडेलले बताउनुभयो ।
सम्मेलनले पछिल्ला दिनमा संरक्षणमा देखिएको चुनौतीलाई सम्बोधन गर्ने महत्वपूर्ण एजेण्डा पारित गर्ने कार्यसूची रहेको छ ।