जावलाखेलमा वन मान्छेको नयाँ घर बन्यो (फोटो फिचर सहित)

काठमाडौँ । अवैध बाटोबाट व्यापारका लागि नेपाल भित्रिएको अवस्थामा उद्धार गरिएको दुर्लभ वन्यजन्तु चिम्पाञ्जीको सुविधासम्पन्न घर निर्माण भएको छ । चिम्पाञ्जीलाई वन मान्छे भनेर पनि चिन्ने गर्छन् ।

नाइजेरियाबाट भारतको बाटो हुँदै नेपाल भित्रिएका दुई वटा चिम्पाञ्जीका बच्चालाई २०७४ साल असोज ३१ गते प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोले उद्धार गरी सदरचिडियाखाना जावलाखेललाई हस्तान्तरण गरेको थियो । उद्धार भएको झण्डै चार वर्षपछि सुविधा सम्पन्न बासस्थान पाएका छन् ।

मानव जातिका अधिकांश व्यवहारसँग चिम्पाञ्जीका आनीबानी मिल्ने गर्छन् । बोल्न नसक्ने भएपनि चिम्पाञ्जीले मानिसको जस्तै अरु व्यवहार प्रदर्शन गर्ने गरेका छन् ।
गर्मी मौसममा हुर्किने यो वन्यजन्तुलाई सुविधा सम्पन्न बासस्थान निर्माण गर्न वन तथा वातावरण मन्त्रालयले ५० लाख रुपियाँ रकम सदरचिडियानालाई प्रदान गरेको थियो ।

निर्माण भएको सुविधा सम्पन्न बासस्थानको वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।

बासस्थानमा चिम्पान्जीको जोडीलाई खटिया, ओछ्यान र ओड्न लुगाको व्यवस्था गरिएको छ । यस अघि चिम्पाञ्जीको जोडीलाई सानो खोरमा राखेर स्याहार सुसार गरिएको थियो ।

प्रहरीले उद्धार गर्दाको अवस्थामा भाले बच्चा तीन महिनाको साढे तीन केजी तौल भएको र पोथी बच्चा छ महिना उमेरको चार केजी तौल रहेको थियो । अहिले भने भालेको तौल २१ केजी र पोथीको २४ केजी छ ।

चिडिखानामा शुक्रबारदेखि खुला गरिएका चिम्पाञ्जीलाई हेर्न आउनेको भीड शनिबार निकै धेरै लागेको सदरचिडिखाना कार्यालयले जनाएको छ ।

(चिम्पाञ्जीको थप फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here