हात्तीको माउते बाघले खायो

कसरा । बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत माउतेको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो हात्तीसार पछाडिको कसरा खोला नजिकै माउते रमेश चौधरीमाथि बाघले आक्रमण गरेको थियो ।

चौधरीको शबलाई पोष्टमार्टम गरि परिवारलाई बुझाइएको कुरा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । मृत्यु भएका चौधरीका परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ प्रदान गरिने भएको छ ।

बारा जिल्लाको कोलबी नगरपालिका–१ घर भएका अविबाहित माहुते हात्तीसारमा करारमा कार्यरत थिए । सोही स्थानमा दुई वर्ष अघि पनि नेपाली सेनाका एक जवानलाई बाघले आक्रमण गरेको थियो तर जवान बाँच्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here