काठमाडौँ । वन तथा भूसंक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केशीको सरुवा प्रकरणलाई सामाजिक सञ्जालमा उछाल्ने एक जना विज्ञ सामाजिक सञ्जालबाट हराएका छन् ।
महानिर्देशक केशीको सरुवाले पूर्णता र वैधता नपाएकै अवस्थामा जनता समाजबादी पार्टीका तर्फबाट मन्त्री बनेको प्रदीप यादवको नेतृत्वलाई धारे हात हान्दै सामाजिक संजालमा केशीमाथि अन्याय भएको भन्दै न्यायको भिख मागेका ती विज्ञले २४ घण्टा नबित्दै आफ्ना सबै स्टाटस सामाजिक संजाल फेसबुकबाट डिलेट गरेका छन् ।
आफू समाजबादी पार्टीको विज्ञ समुहको प्रमुख मान्छे भन्दै आएका विज्ञले १२ घण्टाको अवधिमा तीन वटा फरक फरक खालका स्टाटस पोष्ट गरेका थिए । उनले वनकर्मीका पेशागत संघ÷संगठनको नामै किटेर मन्त्रीले केशीमाथि अन्याय गरेकोले हार गुहार गरेका थिए । मन्त्री, सचिवलाई छिडखानी समेत गरेका थिए । वनकर्मीहरुको ती संघ÷संगठनको कामै नभएको समेत उल्लेख गरेका थिए ।
उनको स्टाटसमा सरुवा हुने केशी भन्दा पनि आउने महानिर्देशक प्रति लक्षित भएका घोचपेचका शब्दावली थिए । अन्याय भयो, भ्रष्टाचार बढ्यो, पद बिक्रीमा राखिए भन्ने आशयका उनका अभिव्यक्तिले जब बजार ततायो, विज्ञ त सुटुक्क आफ्ना स्टाटस डिलेट गरेर रमिते बने ।
विज्ञ हुन वा होइनन् ?
जब ती विज्ञले निरन्तर रुपमा आफ्ना अभिव्यक्ति सामाजिक संजालमा राख्न थाले अनि मन्त्री यादवको सचिवालयले पनि उनको निगरानी गर्न थाल्यो । उनले लेखेका भाषा, शब्दका स्क्रिन सटहरु रेकर्डमा राखिन थालिए । उनी पार्टीका व्यक्ति हो वा होइनन् भन्ने खोजविन हुन थाल्यो ।
सचिवालयका एक सदस्यले भने, ‘‘उनलाई पार्टीले विज्ञ मानेको भए पार्टीका तर्फबाट दुई जना वन मन्त्री भइसके, खै त उनलाई मन्त्रालयमा बोलाएर उनको विज्ञताको सदुपयोग गरेको ? विज्ञको आवश्यकता त मन्त्रीलाई छ नि तर खै उनलाई कसैले बोलाएको ? उनी स्वघोषित विज्ञ हुन् । हामीलाई आलाकाँचा भन्ने अधिकार उनलाई छैन । उनी सही व्यक्ति हुन्थे भने किन आफ्नो लेखेको कुरा सामाजिक संजालबाट हटाउँदै छन् । आफ्नो कुरामा अडिग हुन नसक्नेले किन लेख्ने जथभावी ?’’
ती विज्ञ व्यक्तिले मन्त्रीको सचिवालयका काम गर्ने व्यक्तिलाई आलाकाँचा, बुद्धि विवेक नभएको भनेर पनि टिप्पणी गरे । हाल महानिर्देशक पदमा सरुवा भएर जाने व्यक्तिलाई मन्त्रीको वरीपरी घुम्ने, सल्लाह दिने व्यक्ति र निश्चित स्वार्थले विभागमा जान खोजेको आरोप पनि सामाजिक संजालमा पोखे ।
सचिवालयका अनुसार उनले हाल आफ्ना स्टाटस हटाए पनि सरोकारवाला सबै व्यक्तिहरुले उनले पोष्ट गरेका अभिव्यक्तिका स्क्रिन सट राखेका छन् । उनले सरुवा जस्तो सामान्य कुरालाई जंगलमा आगो लगाए जस्तो गरेका छन् । त्यसको भोलिका दिनमा मूल्याङ्कन होला ।
ती सदस्यले भने, ‘‘उनले हिजो जागिर खाँदा के कस्ता काम गरे भन्ने कुरा यही मन्त्रालयका मानिसहरुले बोलिराखेका छन् । उनी पनि हिजो जागिरे भएका व्यक्ति हुन रैछ नि त । आजभोली उनी अर्कै संसारबाट आएको जस्तो कुरा गरेर फेसबुक भरेर बसेका हुन्छन् । उनी विज्ञ हुने भए त यो देशमा जागिर खाएर घर बसेका सबै मान्छे विज्ञ हुने भए, होइन र ?’’
मन्त्रीको चौतर्फी आलोचना गराउनमा ती विज्ञको ठूलो हात रहेको बुझाइ रहेको छ ।
कनिष्ठले समस्या पारे
तत्कालिन वन मन्त्री रामसहायप्रसाद यादव हुँदा मन्त्रालयमा रहेका बरिष्ठ सहसचिव शिब वाग्लेले विभागको महानिर्देशक हुन निकै कसरत गरेका थिए । उनले बालुवाटारदेखि सिंहदरबारसम्म करिब करिब मिलाइसकेका थिए । तर अन्तिममा मन्त्रालयमा रहेका उनी भन्दा कनिष्ट सहसचिव राजेन्द्र केशीले महानिर्देशकमा बाजी मारे ।
अहिले केशीलाई उनी भन्दा सिनियर सहसचिव र सचिवको लाइनमा बसेका यमप्रसाद पोखरेलको उपमहानिर्देशक बनाउँदा बरियताको खासै ठूलो समस्या नरहेको मन्त्रालयको बुझाई छ । आफूले सक्दा सिनियर र जुनियरको कुरा नहुने तर आफूलाई पर्दा बरियताको कुरो उठाउने प्रवृतिले मन्त्रालयलाई भोली पनि समस्यामा पार्छ । कनिष्ठले बरिष्ठलाई उछिनेर ठाउँ ओगट्दाको प्रतिफल मात्र हो । बरिष्ठ बरिष्ठको ठाउँमा र कनिष्ठ कनिष्ठको ठाउँमा बस्ने प्रवृतिको विकास नहुन्जेल सधैँ यो समस्या आइरहन्छ मन्त्रालयले स्रोतले भन्यो ।
Photo Credit : Social Media