शिव वाग्लेले महानिर्देशक हुन मानेनन्

काठमाडौँ । वन तथा भूसंक्षण विभागका महानिर्देशकमा मन्त्रालयका बरिष्ठ सहसचिव शिव वाग्लेले जान मानेनन् ।

अघिल्लो पटक माग्दा नदिएपछि यो पटक आफू महानिर्देशक भएर काम गर्न नसक्ने बताएका छन् । उनले अघिल्लो मन्त्रीसँग काम गर्न सहज भएपनि यो पटक काम गर्न नसकिने भन्दै महानिर्देशक पदमा आँट नगरेको बताइन्छ ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले वर्तमान महानिर्देशक डा. राजेन्द्र केशीलाई दबाव दिएर बिभिन्न काम गराउन थालेपछि केशीले नसक्दा विभाग र मन्त्रीबीच चिसो बढेको हो ।

मन्त्री समक्ष नियमले मिल्न सक्ने काम विभागले गरेकै छ, नियमले नमिल्ने काम म गर्न सक्दिन, बरु सरुवा हुन चाहान्छु भनेको डा. केशीको सरुवा पनि भयो । विभागलाई हाँक्न सक्ने सिनियर अधिकारीको रुपमा पछिल्लो समयमा शिव वाग्लेलाई नै हो भन्ने ठम्याई भएपनि वाग्लेले वर्तमान मन्त्रीसँग विभागमा बसेर काम गर्न नसक्ने भन्दै पछि हटेका छन् । मन्त्रालय स्रोतले भन्यो, वाग्लेलाई डिजी हुन धेरै आग्रह गरियो तर उनले मानेनन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here