काठमाडौँ । इजिप्टको शार्म – एल – सेख सहरमा आयोजना हुन थालेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप २७ का लागि नेपालले आफ्नो तयारी करिव पूरा गरेको छ । यो पटकको कोप २७ नोभेम्बर ६ देखि १८ सम्म सञ्चालन हुने भएको छ ।

पेरिस सम्झौता पछिका सम्मेलनहरुमा पेरिस सम्झौता कार्यान्वयनको कुराले प्रमुखता पाइरहेका बेला नेपालले जलवायु वित्त तथा जलवायु परिवर्तनक कारणले भएको हानी र क्षतिको मुद्धा उठाइरहेको छ । नेपाल पेरिस सम्झौताको हस्ताक्षरकर्ता मुलुक हो । सो सम्झौतामा विश्वका १७७ मुलुकले हस्ताक्षर गरेका छन् ।

वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा.बुद्धिसागर पौडेलका अनुसार यो वर्ष नेपालका तर्फबाट सानो र चुस्त प्रतिनिधिमण्डलले कोपमा भाग लिने भएको छ ।
महिला बालबालिका मन्त्री उमा रेग्मीले नेतृत्व गर्ने करिब निश्चित भएको छ भने वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेमनारायण कँडेलले मन्त्रालयको नेतृत्व गर्दै छन् ।

यस पटकको कोपमा नेपालले आफ्नै पेभिलियोन राख्ने भएको छ । जसबाट नेपालले जलवायु परिवर्तनसँग सम्बन्धित सफलताका कुराहरु तथा साइट इभेन्टस गर्न पाउने भएको छ ।
महाशाखा प्रमुख डा. पौडेलका अनुसार नेपालले कोपमा बिभिन्न किसिमका सात वटा थिममा नौ वटा साइट इभेन्टस आयोजना गर्ने भएको छ ।

सो अवसरमा नेपालले जलवायु वित्तका लागि बिभिन्न दातृ संस्था तथा निकायसँग बहुपक्षीय वार्ता, भेटघाट तथा छलफल गर्ने भएको छ । मन्त्रालयले सानो र चुस्त प्राविधिक टिम निर्माण गरी कोपलाई नेपालको हितमा अधिकतम प्रयोग गर्ने योजना बनाएको मन्त्रालयका सचिव डा. कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here