वन मन्त्री प्रदीप यादवको पद धरापमा

काठमाडौँ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचनमा सिट बाँडफाँटमा नेकपा एमालेसँग सहकार्य गर्ने प्रयासमा जनता समाजबादी पार्टी ( जसपा) लागेसँगै वर्तमान सरकारमा सहभागी मन्त्रीको पद धरापमा पर्ने भएको छ ।

सिट बाँडफाँटमा जसपाले मागेजति पाँच दलीय गठबन्धनले सिट नदिने भएपछि बिहिबार र शुक्रबार दिनभरी जसपाले एमालेसँग गठबन्धन गर्ने गरी छलफल अघि बढाएको छ ।

जसपा एमालेसँग नजिकिएसँगै सत्ता बाहिर बसेको तराई केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार छिरेको छ । सिट बाँडफाँटमा जसपा भन्दा लोसपाले कम सिट मागेकोले वर्तमान सरकारमा एकताबद्ध दलहरुले लोसपालाई अँगाल्न सहज हुने भएको छ ।

चुनावी सरकारमा जान आतुर लोसपाका नेता मन्त्री हुने भएपछि जसपाबाट मन्त्री भएका व्यक्तिको पद खुस्किने निश्चित छ ।
एमालेसँग तालमेलसँगै पद खुस्किनेमा वन तथा वातावरण मन्त्री प्रदीप यादव, सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमा मोहम्मद इश्तियाक राई र कृषि मन्त्री मृगेन्द्रकुमार यादवलाई प्रधानमन्त्री देउवाले बर्खास्त गर्ने छन् भने तिनका ठाउँमा लोसपाका नेता मन्त्री बन्नेछन् ।

चुनावी सरकारको मन्त्री भन्दै चुनावी खर्चको जोहो गर्दै आएको वर्तमान वन मन्त्री यादव उम्मेदवारी दर्ताको दौरानमा बर्खास्तीमा पर्न थालेका छन् । चुनावी खर्च उठाउन विभागीय प्रमुखमा चलखेल गरेका यादवले अब कति पैसा उठाउन सक्ने हुन् र बर्खास्तीमा पर्न थालेका मन्त्रीको भनेको कति लाग्ने हो ? र कुन कुन फायल थन्किने हुन् वा फाष्ट ट्रयाकमा क्याबिनेटसम्म कुद्ने हुन् ? त्यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here