वायु प्रदुषण रोक्न राजस्थानमा ४५ उद्योग बन्द

नयाँ दिल्ली । भारतको वायु गुणस्तर व्यवस्थापन आयोगले राजस्थानमा कोइलामा आधारित ४५ वटा औद्योगिक इकाइलाई बन्द गर्न निर्देशन दिएको छ ।

दिल्ली, हरियाणा तथा राजस्थान आसपासका क्षेत्रमा वायुको गुणस्तर निकै खराब भइसकेका भन्दै वायु गुणस्तर व्यवस्थापनको लागि आयोगले यस्तो निर्देशन दिएको हो ।

सो निर्देशनलाई कडाईका साथ पालना गर्न भनिएको छ । कार्यान्वयन नभए कानूनले व्यवस्था गरिएका सबै कारवाही भोग्नुपर्ने चेतावनी पनि निर्देशनमा उल्लेख गरिएको छ ।

यसबाहेक हरियाणामा नौ र यूपीमा २३ गरी ३२ कोइलामा आधारित इकाइहरू स्थायी रूपमा बन्द गरिएका छन् । हरियाणामा आठ र उत्तर प्रदेशमा ४० वटा गरी ४८ वटा इकाईले अस्थायी रूपमा आफ्नो सञ्चालन स्थगन गरेका छन् ।

आयोगले प्रतिकूल मौसमी अवस्थाको कारण ढिलो हावाको गति र खेतमा छाप्रो लगाउने घटनाहरूमा अचानक वृद्धिको कारण वायुको गुणस्तरमा खराब भएको जनाएको छ ।

भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३५० पुगेको छ । वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ ।

संस्थाका अनुसार समग्र दिल्ली क्षेत्रको एक्यूआई ३५० अर्थात् ‘अति खराब’ श्रेणीमा रहेको छ । दिल्ली विश्वविद्यालय क्षेत्रमा एक्यूआई ३७२ रहेको छ ।

जाडोयाममा पञ्जाब, उत्तर प्रदेश, हरियाणा र राजस्थानमा न्यानोका लागि पराल जलाउँदा राष्ट्रिय राजधानीको वायुको गुणस्तर पनि प्रभावित हुने गरेको छ ।
(न्यूज एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here