डा. अशोक रामको भयो बढुवा

काठमाडौँ । हात्तीमा विद्यावारिधी प्राप्त गरेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत अशोककुमार रामको प्रमुख संरक्षरण अधिकृतमा बढुवा भएको छ ।

लोकसेवा आयोगको माघ १६ गतेको निर्णय अनुसार डा. अशोकको नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समुहमा बढुवा भएको हो ।

२०५२ साल असोजमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा रेञ्जर पदमा प्रवेश गरेका डा. अशोकको २०६७ भदौमा संरक्षण अधिकृतमा बढुवा भएको थियो । २७ वर्ष भन्दा लामो अवधि संरक्षणको कर्ममा लागेका अशोकले वाइल्ड लाइफ इन्स्च्यिूट अफ इन्डियाबाट हात्तीमा विद्यावारिधी प्राप्त गरेका छन् ।

खप्तड, चितवन, लामटाङ, कोशीटप्पु, बर्दिया, अपिनाम्पा र पर्सा राष्ट्रिय निकुञ्जमा काम गरिसकेका अशोक हाल निमित्त प्रमुख संरक्षण अधिकृतको रुपमा पर्सा राष्ट्रिय निकुञ्जमा कार्यरत छन् ।

त्यसैगरी वन सेवा तर्फ चुडामणी खतिवडा र भूसंरक्षण तर्फ मिक्मार तामाङको बढुवा भएको छ । लोकसेवा आयोगको निर्णय अनुसार ती सबै पदमा कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा गरिएको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here