काठ तस्करी गर्ने सामुदायिक वनका अध्यक्षलाई पक्राउ पुर्जी

चितवन । हरियो सालको वन फडानी गरी चिरान काठ अवैध रुपमा लुकाएर राखेको आरोपमा चितवनको जलदेवी सामुदायिक वनका अध्यक्षसहित छ जना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ ।

सामुदायिक वनका अध्यक्षसहित छ जनाले लाखौँ मूल्य बराबरको हरियो रुख कटान, चिरान गरी काठ अवैध रुपमा लुकाएर राखेको भेटेपछि उनीहरु विरुद्ध मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । यद्धपी सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय पदाधिकारीहरुले मुद्धा नचलाउन दवाव दिइरहेको बताइएको छ ।

आफू राजनीतिक पहुँचमा भएको भन्दै सो मुद्धा अघि बढाए चितवनबाट कर्मचारीको सरुवा गरिदिने धम्की समेत महासंघका पदाधिकारीले दिने गरेका छन् । प्रदेश वन मन्त्रालयका उच्च अधिकारीबाट समेत फोन गराउने काममा महासंघका पदाधिकारी सक्रिय भइरहेका छन् ।

भरतपुर आँपटारी नजिकै रहेको यो सामुदायिक वनमा काठ काटेर लुकाएको सूचना आएपछि डिभिजन वन कार्यालयका कर्मचारीहरुले काठ बरामद गरेका थिए । काठ बरामद गरेपछि महासंघका पदाधिकारीले काठ छाडि दिन दवाव दिएपनि सो क्षेत्रबाट निर्वाचित भएका रवी लामिछानेले कारवाही गर्न भनेको थिए । पछि गृह मन्त्री बनेको लामिछानेले सामुदायिक वन पदाधिकारीका नाउँमा काठ तस्करी गर्नेलाई नछाड्न निर्देशन दिएका थिए । तत्पश्चात नेपाल प्रहरी र प्रमुख जिल्ला अधिकारीले समेत चाँसो दिएको थियो ।

पक्राउ पुर्जी जारी भएपछि सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन समिति संयोजकसहित छ जना फरार रहेका छन् । फरार भएका उनीहरुको खोजी गर्न नेपाल प्रहरीले गरिरहेको र यता सशस्त्र वन रक्षकहरुलाई परिचालन गरिएको डिभिजन वन कार्यालय चिवतनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here