डेढ दशकपछि आइयूसिएनका उच्च अधिकारी नेपालमा

काठमाडौँ । झण्डै डेढ दशकपछि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसिएन) को उच्च अधिकारीको टोली नेपाल भ्रमणमा आएको छ ।

सन् २००७ पछि आईयूसिएनका उच्च अधिकारीहरुको नेपालमा यो पहिलो भ्रमण हो । बुधबार नेपाल आइपुगेको सो टोली शनिबार फर्किने कार्यक्रम रहेको छ ।

आइयूसिएन नेपालका प्रमुख डा. नरेन्द्रबाबु प्रधानका अनुसार आईयूसिएनका महानिर्देशक डा. ब्रुनो ओबेरेल र उपमहानिर्देशक डा.ग्रेथल अगुइलर सहित उच्च अधिकारीको टोली नेपालका चार दिने भ्रमणमा आएको हो ।
सो टोलीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आईयूसिएनले नेपालको संरक्षणको क्षेत्रमा गर्न सक्ने कामका बारेमा छलफल गरेको छ ।

नेपाल सदस्य राष्ट्र भएकाले आईयूसिएनले विगतमा सञ्चालन गरेका कामको मूल्यांकन र भावी दिनमा नेपालका अपेक्षा बारेमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले संरक्षण गरेर मात्र नहुने भएकाले स्थानीय बासिन्दाको जीविकोपार्जनसँग संरक्षणलाई जोडेर कार्यक्रम सञ्चालन गर्न आईयूसिएनका अधिकारीसँग आग्रह पनि गरेका छन् ।

सो उच्चस्तरीय टोलीले वन तथा वातावरण मन्त्रालयका पदाधिकारीहरुसँग पनि भेटवार्ता गरी आगामी दिनमा नेपालमा सञ्चालन हुने कार्यक्रम बार छलफल गर्ने कार्यक्रम रहेको छ ।
सो टोलीले बिहीबार चितवनस्थित आईयूसिएनले विगतमा सञ्चालन गरेका कार्यक्रम र लक्षित वर्गसँग अन्तक्र्रिया तथा छलफल गरेको छ ।

महानिर्देशक डा. ब्रुनो ओबेरेलले नेपालले विगत लामो समयदेखि सञ्चालन गरेका कतिपय कार्यक्रम अरु मुलुकले अनुशरण गर्नयोग्य रहेको प्रतिक्रिया दिएका छन् ।

नेपाल आईयूसिएनको सदस्य राष्ट्र हो । नेपाल आइयूसिएनको सन् १९७४ सदस्य राष्ट्र बनेको हो । नेपालले आइयूसिएनले संरक्षण तथा जीविकोपार्जनका क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here