नदी फर्काउने ठेकेदारको काम रोकियो, कारवाही गर्ने चेतावनी

चितवन । त्रिशुली नदीको प्राकृतिक वहाव नै परिवर्तन गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने ठेकेदार कम्पनीलाई कारवाही हुने भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका कुरिनटार र शहिद लखन गाउँपालिकाले वडा नं ४ ठेउवाटार भएर बगेको त्रिशुली नदीबाट नदीजन्य सामग्री झिक्नको लागि ठेक्का पाएको कम्पनीले वातावरणलाई असर गर्ने गरी उत्खनन् गरेपछि यस्तो चेतावनी दिइएको छ ।

त्रिशुली नदीको वहाव तर्काएर काम गर्न थालेपछि स्थानीयवासी, इच्छाकामना गाउँपालिका, जिल्लाका सांसदको विरोधपछि गोरखाको शहिद लखन गाउँपालिकाले उत्खनन् काममा तत्काल रोक लगाएको छ भने काम नरोके कारवाही गर्ने चेतावनी दिएको छ ।

नदीजन्य सामग्री उत्खनन्का लागि त्रियुग निर्माण सेवा, सिन्धुपाल्चोकसँग शहिद लखन गाउँपालिकाले ठेक्का अनुमति दिएको थियो । तर निर्माण कम्पनीले वातावरण प्रभाव मूल्याङ्कनको वेवास्ता गरी प्राकृतिक वहाव नै परिवर्तन गरी नदीजन्य सामग्री उत्खनन् गरिरहेको छ ।

हाल सो कम्पनीले गोरखा तर्फबाट त्रिशुली नदीलाई साघुरो बनाउँदै चितवन तर्फ लगेको छ । अस्थायी रुपमा बाँध बाधेर राखी नदीजन्य सामग्री ओसार्ने तयारी गरेपछि चितवनको इच्छाकामना गाउँपालिका सहित स्थानीयले चर्काे विरोध गरेका थिए ।

त्रिशुली नदीलाई तर्काएर नदीजन्य पदार्थ निकालिँदै ।


शहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार अब काम नरोके कारवाही गर्नुपर्ने हुन्छ ।
उनले भने, प्राकृतिक वहाव परिवर्तन गर्न पाइदैन, सामग्री लैजान अस्थायी पुल बनाउने विषयमा हामीले अनुमति दिन पनि मिल्दैन र त्यसो गर्न पाइदैन भनेर हामीले भनिसक्यौँ ।

उनका अनुसार वातावरणलाई असर नपर्ने गरी ६ हजार घन मिटर मात्रै ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न पाउने सम्झौता भएको छ । तर ठेकेदार कम्पनीले त्यो भन्दा बढी मात्रामा उत्खनन् गर्ने सोचका साथ काम गरिरहेको छ ।

त्रिशुली नदीको वहावलाई साधुरो बनाएर उत्खनन् गरेपछि ¥याफ्टिङ व्यवसायीले पनि विरोध गरेका छन् । वर्षौँदेखि पर्यटन व्यवसाय सञ्चालन गर्दै आएकोमा त्रिशुली नदीको वहाव नै परिवर्तन गर्दा पेसा धरासायी भएको भन्दै एक दर्जन ¥याफ्टिङ व्यवसायीले बिरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here