काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाघको संख्या बढाउन नसकिने बताएका छन् ।
विश्व बाघ दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, हिजो डबल गर्ने भनियो, तेब्बर संख्या भयो । अझ फेरी पनि डबल गर्ने हो भने मान्छेले देश छाडेर भाग्नुपर्छ । अब त्यसो गर्न सकिदैन ।
उनले भने, बाघ पाल्ने भनेर मात्र हुँदैन । देशको भूगोल, आकार प्रकार पनि हेर्नु पर्छ । बारम्बार संख्या बढाउने कुरा आउँदैन । बाघको संरक्षण एउटा लिमिटसम्म गर्ने हो, त्यो नेपालले गरिरहेकै छ ।
उनले बाघलाई मात्र हेरेर मुलुक नबन्ने पनि बताए । उनले भने बढी भएका बाघलाई विदेशमा बाँड्न पनि सकिन्छ । त्यता तर्फ पनि सरकारले सोच्न सक्छ ।