चिफ वार्डेनले बाँडे राहत

काठमाडौँ । मुलुक लकडाउनको भुमरी रुमलिएका बेला कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले व्यक्तिगत रुपमा मध्यवर्ती क्षेत्रका गरिव, विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।

आरक्षको मध्यवर्ती क्षेत्रभित्रका माछा मारेर जीवन गुजरा गर्दै आएका २० परिवारलाई प्रमुख संरक्षण अधिकृत चौधरीले आफ्नो व्यक्तिगत खर्चमा प्रति परिवार २० किलो चामल, ५ किलो दाल, एक लिटर खानेतेल, एक पाकेट नून र हात धुने साबुन वितरण गरेका छन् ।

प्रमुख चौधरीले नेपालकथासँग भने, माछा मारेर जीवन गुजरा गरिरहेका गरिव, विपन्न तथा वन्यजन्तुबाट पीडित परिवारले लकडाउनका बेला न त माछा मार्न सक्ने स्थिति थियो न त माछा मारेरै बजारमा बेचेर पेट पाल्न सक्ने स्थिति थियो । यही पीडालाई हेरेर थोरै भएपनि राहत दिन खोजेको हुँ ।

लौकही, पश्चिम कुशाहा सिमसारमा आश्रित परिवारले राहत पाएपछि केही दिनका लागि भएपनि पेट पाल्न सहज भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here