कृषि वैज्ञानिक किसानका खेतमा


काठमाडौ । अहिलेसम्म आफुले मात्र अध्ययन अनुसन्धानको कार्य गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गर्ने विभिन्न अनुसन्धानका बारेमा किसानलाई पनि सरल नेपाली भाषामा बुझाउने प्रयास गर्न थालेको छ ।
नार्कले गरेका अनुसन्धान किसानसम्म नपुगेको र केही मात्रामा पुगे पनि किसानले बुझ्न नसकेको चौतर्फी गुनासो आउन थालेपछि नार्क किसानको खेतबारीमा पुग्ने थालेको हो ।
नार्कका वैज्ञानिक डा.ध्रुवराज भट्टराईले कृषिमा प्रयोग हुने प्राविधिक शब्दलाई नेपाली भाषामा सरल तरिकाले बुझाउनका लागि नार्कले यस्तो प्रयास गरेको बताउनुभयो ।
उहाँका अनुसार कृषि प्रविधिलाई स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी, कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्तरीय प्राविधिक र किसानसम्म पु¥याउने उद्देश्यले यो अभियान थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here