किसानलाई अनुदानमा मिनी टिलर

काठमाडौँ । वालिङ नगरपालिकाले यहाँका कृषकलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण प्रदान गरेको छ । नगरपालिकाले विभिन्न कृषि समूहमार्फत कृषकहरुलाई अनुदानमा मिनी पावर टिलर प्रदान गरेको हो । वितरण कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांँणले यान्त्रिक उपकरणको उचित प्रयोग गर्न कृषकलाई आग्रह गर्नुभयो ।
पछिल्लो समय कृषकको यान्त्रिक उपकरणमा आकर्षण बढीरहेका बेला नगरपालिकाले कृषकहरुको सहजताका लागि उपकरण अनुदानमा प्रदान गरेको नगर प्रमुख खाँंणको भनाइ थियो ।विभिन्न कृषि समूहमार्फत ठुलो र सानो १० थान मिनी टिलर कृषकलाई प्रदान गरिएको वालिङ नगरपालिका कृषि शाखा प्रमुख केशबहादुर थापाले बताउनुभयो ।
नगरपालिकाले चालिसे कृषक समूह वालिङ १४, एक्ले पाण्डेटारी कृषक समूह वालिङ ६, जलमुखी कृषक समूह वालिङ ६, भयरथान कृषक समूह वालिङ ७, ठूलाबारी कृषक समूह वालिङ ११, स्वाभिमान कृषक समूह वालिङ १३, ज्वालादेखि कृषक समूह वालिङ ३, समाज सुधार तथा कृषि नमुना कृषक समूह, हुल्काङ कृषि सहकारी संस्था र वालिङ २ का यमबहादुर सार्कीलाई मिनी टिलर प्रदान गरेको हो । कृषकलाई पावर टिलर वितरण गर्नुपूर्व चलाउने तरिका तथा सामान्य मर्मत सम्बन्धी अभ्यास गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here