काठमाडौँ । असल छिमेकीका रुपमा चीनले नेपालको पेट्रोलियम खानी उत्खनन्का लागि सहयोग गर्ने भएको छ । चीनको अनुदानमा आगामी बैशाख देखि दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खनन्का कार्य सुरु हुने भएको छ । दुई जिल्लामा गरिने सो कार्य दुई वर्षमा सकिने उत्खनन्को जिम्मा पाएको चाइना जिओलजिकल सर्भे कम्पनीले जनाएको छ । सो कम्पनीले आगामी बैशाख १८ गतेदेखि काम थाल्ने बताएको छ । चीन र नेपाल दुवै देशले यो परियोजनालाई निकै महत्वका साथ लिएका छन्

चीनले २ अर्ब ४० करोड रुपियाँ लगानीमा २ वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ। एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । दुई वर्ष अघि भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग पेट्रोलियम खानीको उत्खनन गर्न चीनलाई जिम्मा दिने सहमति भएको थियो ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक डा।सोमनाथ सापकोटाको नेतृत्वमा फागुन १२(१७ चीन पुगेर चाइना जिओलजिकल सर्भेका प्रतिनिधिसँग उत्खननसम्बन्धमा छलफल गरी काम सुरु गर्ने भएको हो ।
चिनियाँ कम्पनीले दैलेखमा ड्रिलिङ गर्ने र पाल्पाको पहाडी क्षेत्रमा बम पड्काएर अध्ययन गर्ने तथा तराई क्षेत्रमा भाइब्रेसनबाट पेट्रोलको मात्रा र कुन स्तरको भनी पत्ता लगाउने छ । उत्खननको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने छन्। पेट्रोलियम पदार्थको खानी दैलेखको भैरवी गाउँपालिका(१ शिरस्थान र दुल्लु नगरपालिका(१० को नाभीस्थानमा छन्।
उत्खनन सामग्री र विषेशज्ञसहितको चिनियाँ टोली वैशाख दोस्रो साता आउने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले यस वर्ष अन्वेषणका लागि रकम विनियोजन गरेको छ। चिनियाँ कम्पनीको रिपोर्टमा पेट्रोलियम पदार्थको पर्याप्त सम्भावना रहेको उल्लेख छ ।