सानिमाको शाखा कान्तिपथ र गठ्ठाघरमा

काठमााडौँ । सानिमा बैंक लिमिटेडले एकै दिन बुधवार काठमाडौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा दुई वटा शाखा स्थापना गरेर कारोवार सुरु गरेको छ । यी दुईवटा शाखा समेत गरी बैँकका ७६ वटा शाखा भएका छन् ।
उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा भएको हो ।

समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताउनुभयो । त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै कान्तिपथ र गठ्ठाघर शाखाहरुबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समुद्घाटन समारोहमा मह जोडीले कान्तिपथ र गठ्ठाघरमा सानिमा बैंक सञ्चालनमा आएकोमा कान्तिपथ र गठ्ठाघरवासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here