प्रभु लाइफ इन्स्योरेन्सका नयाँ तीन शाखा

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ तीन ठाउँबाट नयाँ शाखा मार्फत कारोवार सुरु गरेको छ । नेपालगञ्ज , घोराही तथा बुटवल शाखाहरु मार्फत कारोबार सुरु गरेको हो । नेपालगञ्ज, घोराही तथा बुटवल तीनवटै शाखा कार्यालयहरुको समुद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेबाट भएको हो ।

अध्यक्ष घिमिरेलेकम्पनी आफनो शाखाहरु अझै विस्तारको क्रममा रहेको र अरु जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना ल्याउने दावी गर्नुभयो ।
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here