१८ किलो सुन पक्राउ

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको दक्षिणी भेग पुर्नबासबाट धनगढीतर्फ लैजाँदै गरेको अवस्थामा बिहीवार १८ किलो सुन प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन बरामद गरेको कैलालीका एसपी आभुषण तिम्सिनाले जानकारी दिनुभयो ।

सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । सुनसँगै नियन्त्रणमा लिइएको दुई व्यक्तिका बारेमा भने प्रहरीले केही बोल्न चाहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here