प्रधानमन्त्री ओलीले मोदीसँग गरे टेलिफोन वार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कश्मिरको भएको घटनाका सम्बन्धमा टेलिफोन वार्ता भएको छ ।

भारत प्रशासित कश्मिरको पुलवामामा बिहीबार भएको आत्मघाती घटना बारेमा दुई प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले कश्मिरमा भएको घटनाको निन्दा गर्नुभएको छ । घटनामा कम्तिमा ४६ जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री ओलीले घटनाबारे दुःख व्यक्त गर्नुहुँदै मृतकका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

भारतीय प्रहरीकाअनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार भारतीय अर्धसैन्य बलका जवान बोकेको गाडीलाई ठक्कर दिएर विस्फोट गराइएको थियो । घटनामा ४६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here