एक अर्बको लागतमा विद्युत् सव स्टेशन

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा एक अर्ब रुपियाँ भन्दा बढीको लागतमा विद्युत सव स्टेशन निर्माण भई रहेको छ ।

सुनवल नगरपालिका — १३ सूर्यबस्तीमा नेपाल विद्युत् प्राधिकरणको आयोजनामा कालिगण्डकी करिडोर प्रसारण लाईन आयोजनाको सव स्टेशन निर्माण कार्य भई रहेको नेपाल विद्यूत पा्रधिकरणका इन्जिनियर आनन्द सुवेदीले बताउनुभयो ।

सुनवल नगरपालिकाको सूर्यबस्तीमा करिब २० बिगाहा क्षेत्रफलमा फैलिएको क्षेत्र भित्र कालिगण्डकी करिडोर प्रसारण लाईन आयोजनाको सव स्टेशन निर्माणका लागि काम शुरु भई सकेको सुबेदीले बताउनु भयो ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा बन्न लागेको विद्युत् प्रसारण लाईनको सव स्टेशनका आयोजनालाई १२०÷१३२ केभी न्यु बुटवल सव स्टेशन नामकरण गरिएको सुवेदीले बताउनुभयो । भारतीय कम्पनी टाटा प्रोजेक्टस लिमिटेडले निर्माणको ठेक्का लिएको छ । सव स्टेशनको निर्माण कार्य २०७६ असार मसान्त सम्ममा काम सकिने गरी सम्झौता भएको बताइएको छ ।

एक अर्ब ८० लाख रुपियाँको लागतमा बन्न लागेको यस विद्युत् सव स्टेशनले कालिगण्डकी क्षेत्रबाट उत्पादित विद्युत् मध्य तराईको लोड सेन्टरका लागि उपयोगी हुनेछ ।

निर्माण भई रहेको यस सव स्टेशनमा करिब एक दर्जनको संख्यामा विद्युत् टावरहरु, कन्ट्रोल रुम, क्वाटरहरु, स्टोर, सुरक्षा पोष्ट एवम् आवास, ट्रान्सफार्मर स्टेशन लगाएतका भौतिक संरचनाहरु निर्माण हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here