डा. ओली श्रीलंकातर्फ

काठमाडौँ । वन तथा वातारण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली दुई दिने एक अन्तराष्र्टिय बैठकमा भाग लिन बुधवार श्रीलंकातर्फ लाग्नुभएको छ ।

नवौँ साउथ एसिया सव रिजनल कमिटि मिटिङ अन एसिया प्यासेफिक नेटवर्क फर ग्लोबल चेञ्ज रिसर्च ( एपीएन) को बैठक श्रीलंकाको कोलम्बोमा आयोजना भइरहेको छ । मार्च २८ र २९ गते दुईदिनसम्म चल्ने बैठकमा नेपालका प्रतिनिधित्व गर्दै सचिव डा. ओली त्यसतर्फ जानु भएको हो ।

नेपालका तर्फबाट बैठकमा सचिव डा. ओलीले जलवायु परिवर्तनले पारेको असर, त्यसका चुनौती, नेपाल गरेको नीतिगत व्यवस्था र कार्यान्वयनको अवस्था, नेपाल सरकारले जलवायु अनुकुलनका लागि गरेको सफल प्रयासका बारेमा विशेष कार्यपत्र प्रस्तुत गर्दै सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

सो बैठकमा विज्ञको तर्फबाट जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक मदनलाल श्रेष्ठले सहभागिता जनाउने भएका छन् । डा.ओलीको अनुपस्थितिमा मन्त्रालयका निमित्त सचिवको जिम्मेवारी सहसचिव कृष्णप्रसाद आचार्यले सम्हाल्ने मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here