दुर्लभ सालकको उद्धार

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सडक छेउमा फेला परेको सालक स्थानीयले उद्धार गरी आज प्रहरीलाई बुझाएका छन् ।

सडक किनारा र खेतमा दौडदै गरेको दुर्लभ वन्यजन्तु सालक स्थानीयवासीले फेला पारेपछि त्यसको उद्धार गरी सिरुटार प्रहरी प्रभागलाई बुझाएको स्थानीय सुनिल राउतले जानकारी दिनुभयो ।

प्रहरीले उक्त सालक आजै स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाको रोहवरमा वन कार्यालयका कर्मचारीलाई बुझाएको छ । वनका कर्मचारी र प्रहरीले सालकलाई आजै जङ्गलमा लगेर छाडेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here