करिब नौ खर्ब विप्रेषण नेपाल भित्रियो

काठमाडौँ । आर्थिक वर्ष २०७५÷०७६ मा झण्डै रु नौ खर्ब विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ‘देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति’मा विप्रेषण आप्रवाह रु आठ खर्ब ७९ अर्ब २७ करोड पुगेको उल्लेख छ ।

गत आर्थिक वर्ष २०७५÷०७६ मा विप्रेषण आप्रवाह १६।५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा रु सात खर्ब ५५ अर्ब ६ करोड विप्रेषण भित्रिएको थियो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८।६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७।८ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो आप्रवाह १०।२ प्रशितले बढेको थियो ।
गत आवमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण ) का आधारमा वैदेशिक रोजागारीमा जानेको सङ्ख्या ३२।६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ९।३ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा वर्षमा ५।४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो स¬ङ्ख्या ०।६ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ मा चालू खाता रु दुई खर्ब ६५ अर्ब ३७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा रु दुई खर्ब ४७ अर्ब ५७ करोड रहेको थियो ।
यस्तै आव २०७५÷०७६ मा शोधनान्तरस्थिति रु ६७ अर्ब ४० करोडले घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष शोधनान्तरस्थिति रु ९६ करोडले बचतमा रहेको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ मा पूँजीगत ‘ट्रान्सफर’ रु १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १३ अर्ब सात करोड रहेको छ । अघिल्लो वर्ष पूँजीगत ट्रान्सफर रु १७ अर्ब ७२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु १७ अर्ब ५१ करोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here