ङादी जलविद्युत् आयोजना : एक वर्षभित्रै बिजुली उत्पादन

लमजुङ। लमजुङमा निर्माणाधीन ङादी जलविद्युत् आयोजनाको ६५ प्रतिशत निर्माण पूरा भएको छ । उक्त आयोजना अबको एक वर्षभित्रै सम्पन्न गरी बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ ।

मस्र्याङ्दी गाउँपालिका–६ मा बहने ङादी नदीमा सो आयोजना निर्माण गरिएको हो । सोही वडाको नाइचे गाउँभन्दा दुई सय मिटरमाथि आयोजनाको बाँध बाँधेर विद्युत् आयोजनाको निर्माण कार्य भइरहेको सो आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले भन्नुभयो ।

उनका अनुसार आयोजनाको सुरुङ मार्ग चार किमि छ । त्यसको ब्रेक थु्र भइसकेको छ । उनले भने, ‘सुरुङको आधा भाग फिनिङको काम पनि सम्पन्न भएको छ ।’ आयोजनाको पावर हाउस ठूलीबेंसीको डिहीमा निर्माण गरिएको छ ।
आयोजनाको निर्माण कार्य सकेसम्म २०७६ को चैत मसान्तसम्ममा सक्ने लक्ष्य छ ।

आयोजनाका लेखा तथा प्रशासन अधिकृृत वासुदेव गर्तौलाले भने, ‘आयोजनाको उत्पादन क्षमता ३० मेघावाट क्षमता छ । १५ मेघावाट क्षमताका दुईवटा उत्पादन मेसिन ९टर्वाइन० जडान गरिने भएको छ ।’

आयोजनाको उत्पादन कार्य ढिलोमा पनि २०७७ सालको असारमा हुनेछ । ‘अन्यथा, मासिक ५ लाख क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ,’ गर्तौलाले भने ।

कुल ६ अर्ब रुपैयाँमा निर्माण हुने अनुमान गरिएको सो आयोजनाको आयोजनाको निर्माणका लागि मात्र ४.२३ अर्ब लाग्ने र अन्य खर्च आयोजना स्थलसम्म जाने सडक निर्माण र प्रभावित क्षेत्रको विकास निर्माण आदिमा खर्च हुने गर्तौलाले जानकारी दिए ।

उनका अनुसार सो आयोजना बुटबल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को)ले निर्माण गरिरहेका हुन् । जसमा ९७ प्रतिशत खर्च बुटबल पावर कम्पनी र लेड्कोले बेहोर्ने उनको भनाइ छ ।

राजधानीका अनुसार सो आयोजनाको प्रवद्र्धक कम्पनीले विद्युत् प्राधिकरणसँग २०७३ को वैशाखमा पीपीए गरेको हो । जसको दररेट सुख्खा याममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा रहेको गर्तौलाले बताए । उनका अनुसार पाँच महिना सुक्खा याम तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here