डेढ अर्बको हेलिकप्टर काठमाण्डौमा, सेनाको अधिनमा रहने

काठमाडौं । सरकारले भीभीआईपीको सुरक्षा तथा आवत जावतका लागी १४ मिलियन युरो (करिब डेढ अर्ब) मूल्यको हेलिकप्टर खरिद गरेको छ । भीभीआईपीका लागी भनेर खरिद गरिएको महंगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको छ।

नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर ईटली बाट काठमाण्डौं पुग्न १८ दिन लागेको जानकारी नेपाली सेनाले दिएको छ । उक्त हेलिकप्टर सेप्टेम्बर २ मा इटलीबाट उडेको थियो।

राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि प्रयोग गरिने उक्त हेलिकोप्टर सेनामार्फत संचालन हुनेछ। यसलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ अड्डा ११ बाहिनीमा राखिएको छ।

दिउँसो १२ बजेर ५३ मिनेटमा त्रिभुवन विमानस्थलमा ओर्लिएको उक्त हेलिकोप्टर ४६‍ घन्टा उडेर काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले् जानकारी दिए।

इटालीमा बनेको उक्त हेलिकोप्टरमा अत्यधुनिक सुविधानसम्पन्‍न सिट छन्। भाइब्रेशनन र साउण्डप्रुफ सुविधा रहेको उक्त हेलिकोप्टर पहिलोपटक नेपालमा ल्याइएको हो।

इटालीबाट ग्रीस, इजिप्ट, दुबई, बहराइन, ओमान, पाकिस्तान, भारत हुँदै उक्त हेलिकोप्टर काठमाडौं ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here