काठमाडौं । मेरो घर र एनएमबी बैंकले संयुक्त रूपमा अब बन्छ हजुरको घर अफर सुरू गरेका छन् । ग्राहकलाई आवासीय घर बनाउन सहज सेवा र वित्तीय सुविधा दिने यस्तो योजना नेपालमै पहिलो पटक अघि सारिएको हो । योजना अन्तर्गत, जग्गाधनीहरुले घर बनाउन एनएमबी बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ वर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्ने बताइएको छ ।
मेरो घरले ग्राहकको इच्छाअनुसार घरको डिजाइनदेखि पूर्णनिर्माणसम्मको सेवा प्रदान गर्नेछ । त्यस्तै, घरको पूर्ण निर्माण सम्पन्न नभएसम्म वा १२ महिना अवधिसम्म किस्ता भुक्तानी गर्न नपर्ने तथा घर निर्माणका लागि शतप्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुने बताइएको छ ।
यसका लागि, मेरो घर र एनएमबी बैंकको सहकार्यमा सरल र सहज ऋण प्रशोधन प्रणालीको प्रबन्धन गरिएको मेरो घरका प्रमुख बजार अधिकृत अनोज खतिवडाले जानकारी दिए ।
ग्राहकलाई आफ्नो घर निर्माणका लागि आर्थिक सहजता दिने मात्र नभई डिजाइन तथा निर्माणको समेत सेवा दिन यस्तो योजना अघि सारिएको उनले बताए । आफ्नै जग्गा भएका जागिरे युवा तथा लामो समयदेखि घर निर्माण गर्न योजना बनाएका व्यक्तिले यस अफरको लाभ उठाउन सक्ने उनको भनाइ छ ।
त्यस्तै, विदेशमा बसोबास गर्ने र आफ्ना परिवारको लागि घर बनाउन चाहनेका लागिसमेत यो अफर लक्षित रहेको र ग्राहकको जग्गा तथा आम्दानी स्रोतमा नियम र सर्तहरू भने लागू हुने मेरो घरले जनाएको छ ।
मेरा घर १५ वर्षभन्दा बढी अनुभव भएका यस्ता विज्ञ र दक्ष आर्किटेकको समूह हो जसले आवासीय घर तथा भवन निर्माणमा आवश्यक सल्लाह, सुझाव, परामर्शका साथै डिजाइन र निर्माणसम्मको एकीकृत सेवा प्रदान गर्छ ।
यस्तो सेवा प्रदान गर्ने नेपालको पहिलो होम ब्रान्ड मेरो घरले सेवा सुरु गरेको ४ वर्षमै १५० भन्दा बढी घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ भने २ हजार भन्दा बढी आवासीय घरको डिजाइन गरेको बताइएको छ ।
आवासीय घर बाहेक होटेल, रिजोर्ट, अस्पताल, विद्यालय, व्यवसायिक भवन आदिको डिजाइन एवं सम्पूर्ण निर्माणमा पनि मेरो घरको दक्षता छ । अन्नपुर्णका अनुसार मेरो घरले निर्माण गरेका प्रत्येक घरको ६ महिनासम्म निःशुल्क मर्मतसम्भार, घरको गुणस्तर सुनिश्चितका लागि विशेषज्ञको निगरानी एवं सम्पूर्ण संरचना निर्माणको ग्यारेन्टी जस्ता सुविधा प्रदान गर्दै आएको छ ।