कुकुर, बिरालोबाट कोरोना सर्दैन: विश्व स्वास्थ्य संगठन

काठमाडौँ । घरपालुवा जनावरहरु कुकुर, बिरालो, खरायो, गाईभैँसी जस्ता जनावरबाट कोरोना भाइरस सर्छ भन्ने हल्ला चलिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सो हल्ला निराधार भएको स्पष्ट पारेको छ । संगठनले हालसम्मको अध्ययनले घरपालुवा जनावरबाट कोरोना भाइरस सरेको प्रमाण नभेटिएको जनाएको छ ।

हङकङमा एउटा कुकुरलाई कोरोना भाइरस सङ्क्रमण भएको पाइए पनि कुकुर, बिरालो लगायत घरपालुवा जनावरबाट मानिसमा सर्ने कुराको कुनै प्रमाण नभएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ ।

कोरोना भाइरस मानिसबाट मानिसमा सरिरहेको र सङ्क्रमित मानिसले होक्दा, हाच्छिउँ गर्दा वा बोल्दा निस्कने थुकका छिटाबाट नै सरिरहेको पनि विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सङ्क्रमित मानिसले नियमित मास्क लगाउने, खोक्दा हाच्छिउँ गर्दा छिटा बाहिर जान नदिने र सबैले बारम्बार हात धोएर सफा राख्न सकेमा सङ्क्रमण फैलिन कम हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । घरपालुवा जनावरबाट सर्ने कि नसर्ने कुरामा थप अध्ययन भइरहेको पनि संगठनले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here