जंगलको महाराज पिचडामा छिर्दा …

जावलाखेल । बर्दियाको जंगलमा राज गरेको पाटे बाघ मंगलबार सदाका लागि चिडियाखाना भित्र पसेको छ ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बाघ राखिएको केज खोलेर ललितपुरस्थित जावलाखेलको सदरचिडियाखानाको खोर भित्र पसाले ।

गत आइतवार बर्दिया राष्ट्रिय निकुञ्जभित्रको गैडा मचान नजिकको जंगलमा हात्तीको माउते पुलिसराम थारुलाई आक्रमण गरी ज्यान लिएपछि यो नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको थियो ।

बर्दियाको घना जंगलमा यो बाघ सहित कम्तिमा सात दर्जन भन्दा बढी बाघ रहको अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको छ । समस्याग्रस्त भएका पाँच वटा बाघ नियन्त्रणमा लिइएको छन् । बर्दियामा यी बाघहरुले ११ जनाको ज्यान लिइसकेका छन् ।

सदर चिडियाखानामा राखिएको यो बाघले यही चैत ३ गते एउटी महिलाको पनि ज्यान लिएको थियो । हात्ती माउते थारु सहित दुई जनाको ज्यान लिएको यो बाघलाई नियन्त्रणमा नलिए झन समस्या हुने देखिएकोले चिडियाखानामा राखिएको निकुञ्ज विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले बताए ।

सोमवार दिउँसो १ बजे भे १ च २९७२ को मिनि ट्रकभित्र राखिएको केजमा मंगलबार काठमाडौँ ल्याइ पुरयाइएको बाघलाई जावलाखेलस्थितको सदरचिडियाखानामा बिहान १ घण्टा आराम गराएर मात्र खोरमा भित्र राखिएको हो ।

सो अवसरमा वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्ने नीति अनुरुप बर्दियाको नरभक्षी बाघलाई खोरमा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here