हात्तीबाट घाइते श्रेष्ठको सम्पूर्ण उपचार सरकारले गर्ने

काठमाडौँ । गैँडा गणनाका क्रममा चितवन राष्ट्रिय निकुञ्जमा ध्रुबे हात्तीको आक्रमणमा परेका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी बिनोद श्रेष्ठको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

श्रेष्ठ गैँडा गणनाका क्रममा चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र गैँडाखासा नजिकै जंगली हात्ती ध्रुबेको आक्रमण परी काठमाडौँको हयाम्स अस्पतालमा उपचार गराइरहेका छन् । उनको पहिलो अप्रेसन सफल रुपमा भइसकेको छ ।


वन मन्त्री आलेले अस्पताल पुगेर उपचारका लागि व्यक्तिगत रुपमा एक लाख रुपियाँ सहयोग गरेका छन् । बिनोदको उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्ने बताएपछि अस्पतालमा उपस्थित घरपरिवारका सदस्यहरुले खुसी हुँदै आशु झारे ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सोमवार बिहान नेपालकथासँग भने, कर्तव्यपालना गर्ने क्रममा दुर्घटनामा परेका बिनोद श्रेष्ठजीको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्छ । त्यसका लागि क्बाबिनेटमा प्रश्ताव लैजाने तयारी भइरहेको छ । मैले सचिवसँग कुरा गरिसकेकोले प्रश्ताव तयार भएपछि अब बस्ने क्याबिनेटमा सो प्रश्ताव लिएर जाँदैछु । यस विषयमा मैले अस्ति नै प्रधानमन्त्री ज्यूसँग कुराकानी गरिसकेको छु । राज्यका इमान्दार कर्मचारीको पक्षमा सरकार छ । राज्य छ, हामीले गर्नुपर्ने सबै खालका सहयोग घाइतेलाई हुन्छ ।

वन मन्त्रीद्धारा एक लाख सहयोग

वन तथा वातावरण मन्त्री आलेले काठमाडौँको हयाम्स अस्पतालमा उपचारार्थ बिनोद श्रेष्ठलाई व्यक्तिगत रुपमा एक लाख रुपियाँ सहयोग गरेका छन् ।

मन्त्रीले आलेले भने, मैले उहाँका परिवारलाई अस्पतालमा भेटेर व्यक्तिगत रुपमा एक लाख रुपियाँ सहयोग गरेको छु । बिरामीलाई चाहिने फलफूल, औषधी तथा अन्य उपचारका लागि तत्काल खर्च चाहिन्छ भनेर सानै रकम भएपनि मैले सहयोग गरेका हुँ । अरु उपचार सरकारले व्यहोर्ने भएकाले उहाँलाई अब खर्च जुटाउन खासै गाह्रो हुँदैन ।

सुदूरपश्चिमको भ्रमणमा रहेका मन्त्री आलेले राजधानी फर्किने बित्तिकै अस्पतालमा पुगेर श्रेष्ठको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here