बोटेले भने, निकुञ्जले हाम्रो पेशा खोस्यो

चितवन । नेकपा माओबादीका केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री प्रचण्ड समक्ष चितवनका बोटे समुदायले निकुञ्ज प्रशासनले आफ्नो पेशा खोसेको दुखेसो पोखेका छन् ।

आइतवार चितवन आइपुगेका प्रचण्डसँगको भेटमा बोटे समुदायले यस्तो दुखेसो पोखेका हुन् । आइतवार दिनभर प्रचण्डले चितवनमा बस्दा मतदातासँग भेटघाट बाक्लो बनाएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा रहेका सिमान्तकृत समूदाय मध्ये बोटे समूदायको समस्या बारेमा जानकारी लिन पुगेका प्रचण्डलाई चितवन राष्ट्रिय निकुञ्जका हाकिमहरुले आफ्नो समुदायलाई निकै पीडा दिने गरेको गुनाशो पोख्नुभयो ।

बोटे समुदायका अगुवा राम बहादुरले प्रचण्डसँग भने, कुनै कर्मचारीले त हामीबाट पैसा समेत माग्छन् । माछा मारेर खानेले कहाँबाट पैसा दिन सक्नु ?

उनीहरुले निकुञ्ज क्षेत्रको संरक्षण गर्न आफूहरु तत्पर रहेको तर वर्षाैँदेखि वनजंगलबाट ल्याउँदै गरेको घाँस दाउरा निर्बिबाद ढंगले ल्याउन पाउने व्यवस्था मिलाइदिन माग राखेका छन् ।

भेटमा सो समुदायका बुढापाकाले पुस्तौदेखिको साग सिस्नो र नदीका माछा मार्न र प्रयोग गर्न पाउदै आएको अधिकार नपाए आगामी निर्वाचनमा प्रचण्डलाई भोट हाल्न नसक्ने समेत बताए ।

तपाईलाई भोली हामी भोट दिन सक्दैनौँ भनेर बोटे समुदायका अगुवाले भनेपछि प्रचण्डले हाँस्दै भने, त्यो पैसा माग्ने कर्मचारीलाई म सम्झाउला कतै भेटे भने । कर्मचारीलाई भन्न नसकेपनि भोट त मलाई भोली पनि दिनै पर्छ । तपाईहरुले भोट दिएर नै मैले जितेको हुँ ।

प्रचण्डले आइतबार बिहानको खाना भरतपुर महानगरपालिका वडा नम्वर २२ की नागमती बोटेको घरमा खाएका थिए । खानामा माछा, निउरोको साग, मसुरोको दाल र भात खुवाइएको नागमतिले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here