चुरेमा व्यापार गर्न खोज्नु राष्ट्रघाती काम : नेकपा माओबादी

काठमाडौँ । अध्यादेश मार्फत सरकारले ल्याएको बजेटमा समेटिएको चुरे क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा निकासीको व्यवस्थालाई तत्काल खारेज गर्न नेकपा माओबादी केन्द्रले आग्रह गरेको छ ।

केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले अध्यादेशबाट ल्याएको बजेटमा चुरेको माटो, ढुङ्गा बिक्री गरेर व्यापार घाटा पूर्ति गर्ने भन्ने कार्यक्रम राष्ट्रघाती भएको बताएका छन् ।

प्रचण्डले भनेका छन्, यस्तो राष्ट्रघाती कार्यक्रम तत्काल खारेज गरिनुपर्छ । यसले राष्ट्रहित गर्दैन । प्रचण्डले असंबैधानिक सरकारले ल्याएको बजेट पनि असंबैधानिक भएकाले यसको कार्यान्वायन नहुने पनि स्पष्ट पारेका छन् । उनले भनेका छन्, असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउन खोजेको हो, त्यो सरासर गलत कार्य हो । साथै उनले तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् भन्दै माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here