राष्ट्रपति चुरेको सदस्य सचिवमा बद्री ढुंगाना

काठमाडौँ । सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सदस्य सचिवमा सहसचिव बद्रीराज ढुंगानालाई सरुवा गरेको छ ।

यस अघिका सदस्य सचिव डा. कृष्णप्रसाद आचार्य सचिवमा बढुवा भएपछि खाली भएको सो पदमा वन तथा भूसंरक्षण विभागमा कार्यरत सहसचिव ढुंगानालाई सरुवा गरिएको हो ।

बि सं २०५२ सालमा सहायक भूसंरक्षण अधिकृतमा निजामति सेवामा प्रवेश गरेका ढुंगाना हाल वन तथा भूसंरक्षण विभागको जलाधार तथा पहिरो व्यवस्थापन महाशाखा प्रमुखमा जिम्मेवारीमा छन् । उनले विभागको योजना महाशाखाको काम समेत हेर्दै आएका छन् ।

नेदरल्याण्डको बागेनिगन विश्वविद्यालयबाट सोयल एण्ड वाटर कन्जरभेसनमा एमएस्सीसम्मको अध्ययन गरेका ढुंगाना २०७५ साल बैशाख १४ गते सहसचिवमा पदोन्नती भएका थिए । त्यसपछि प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा झण्डै १४ महिना काम गरेर वन तथा भूसंरक्षण विभागका सरुवा भएका हुन् ।

सज्जन, मिजासिलो स्वभावका ढुंगाना जागिरे अवधिमा खासै बिबादमा नआएका राष्ट्रसेवक मानिन्छन् ।

काममा खट्ने सक्ने र प्रतिफल दिन सक्ने पात्रको पहिचान बनाउ सफल ढुंगानासँग तत्कालिन भूसंरक्षण विभागको उपसचिव हुँदा धनकुटा, बारा, तनहुँ, उदयपुर जिल्लाको जिल्ला भूसंरक्षण अधिकृत भएको लामो अनुभव रहेको छ ।

२०५२ सालमा सहायक भूसंरक्षण अधिकृतबाट २०६७ साल जेठमा उपसचिव भएका ढुंगाना झण्डै आठ वर्षको उपसचिव भएर विभाग र जिल्ला तहको अनुभव रहेको छ ।

राष्ट्रपति चुरे तराई संरक्षण विकास समिति भूसंक्षणको काम बढी केन्द्रित हुने भएकाले समितिको सदस्य सचिव पदमा लामो समय भूसंरक्षण विभागमा काम गरेको अनुभव भएका ढुंगानालाई सरुवा गरिएको मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here