बाघले मान्छे तान्यो, खोजी कार्य जारी

बर्दिया । बर्दियामा सोमवार साँझ बाघले मान्छे तानेर जंगलभित्र लगेपछि अहिले खोजी कार्य भइरहेको छ ।

बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्वर ४ शान्तिपुर ढिकुनियामा जंगलमा गाईवस्तु चराउन गएका एक जना पुरुषलाई बाघले तानेर जंगलतिर लगेको स्थानीय गोठालाले निकुञ्ज कार्यालयमा खवर गरेका छन् ।

खबर पाउने बित्तिकै घटनास्थल नजिक रहेको निकुञ्जका ओखरिया र बञ्जरिया पोष्टका कर्मचारी तथा नेपाली सेना परिचालन गरिएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठका अनुसार दुईटै पोष्टबाट निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।

बाघले तानेर लिएको स्थानीय व्यक्ति जनक थारु रहेको थाहा भएको छ । थारुको खोजीका लागि चार वटा हात्ती सहित थप टोली घटनास्थलतर्फ पठाइसकेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here