ललितपुरको भन्दा ठूलो चिडियाखाना वीरगञ्जमा !

वीरगन्ज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्साको पर्यटन प्रवद्र्धन र विकासका लागि वीरगन्जमा ललितपुरको भन्दा पनि ठूलो चिडियाखाना आफ्नै कार्यकालमा निर्माण गर्ने दावी गरेका छन् ।

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पर्सा पुगेका मन्त्री यादवले भने, वीरगञ्जमा मैले एउटा ठूलो चिडियाखाना बनाउने बिचार गरेको छु । तीन महिनाभित्रै मैले त्यो निर्माण सम्पन्न गरिसक्ने योजना पनि बनाएको छु ।

मन्त्री यादवले यसो भनिरहँदा सो चिडियाखाना निर्माणका लागि न त प्रदेश न त संघीय सरकारले बजेट विनियोजन गरेको छ ।

उनले तत्काल जग्गा खोजि हाल्न पनि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई आग्रह गरे ।

भाषणका क्रममा मन्त्री यादवले तीन महिना भित्रमा पर्सा जिल्लालाई विकासको नम्बर वन जिल्ला बनाउने उद्घोष पनि गरे । उनले भने हुन त मेरो मन्त्रालयले भौतिक पूर्वाधारको काम गर्दैन तर पनि अरु मन्त्रालयमा गएर विकास यति ठूलो गर्छु कि तपाईहरुले सधैँ भरी वन मन्त्रीलाई सम्झि रहनु हुनेछ ।

उनको स्वागतमा पर्सामा भव्य समारोहको आयोजना गरिएको थियो । अघिल्लो पटक वन मन्त्रीको चर्चा पाएका यादवले रामसहायप्रसाद यादवको कार्यकालपछि मात्र झण्डै आठ महिना पछि वन मन्त्रालयमा प्रवेश पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here