आज र भोली मौसम बदली हुने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । शुक्रवार दिउँसो उपत्यका वरपर सामान्य बदली भएको छ । केही छिटपुट वर्षा भएको छ भने पूर्वी नेपालका उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना पनि देखिएको छ ।
मध्य वैशाखामा यस्तो अवस्था आउनु पर्ने कारण बारे मौसम पूर्वानुमान महाशाखाले चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा भएको बताएको छ । महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ धेरै दिनसक्क रहने कम सम्भावना रहेको बताएको छ ।

यद्यपि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि दुई दिनसम्म हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना देखिएकाले त्यहाँका बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ ।

चक्रवात ‘फानी’ हाल बङ्गालको खाडी तथा भारतको ओडिसा तटीय क्षेत्र नजिकै देखिएको छ । आजदेखि यो मौसम प्रणाली ओड़ीसाको तटीय क्षेत्रमा मध्याह्नतिर भित्रिने सम्भावना देखिएको र उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने महाशाखाले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा आज पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ ।

हिमाली भू–भागमा पनि हिमपातको सम्भावना रहेको छ । आइतबारदेखि देशभर मौसममा क्रमिकरुपमा सुधार आउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here