विश्व बैंकले ऋण लगानी नगर्ने

विश्व बैंकले स्थानीयसँगको विवाद नसुल्झेसम्म काठमाडौं सुख्खा बन्दरगाह निर्माणमा ऋण लगानी नगर्ने भएको छ।

चोभारमा निर्माण गर्न लागिएको उक्त बन्दरगाहबाट प्रभावित चोभारबासी बैंकको काठमाडौं शाखामा पुगी उक्त विवादित परियोजनामा ऋण लगानी नगर्न धर्ना दिएका थिए।

उक्त बैंकका प्रतिनिधि दिपकमान सिं श्रेष्ठले अहिलेको अवस्थामा लगानी नगर्ने धारणा राख्दै भन्नुभयो – ‘यो परियोजनामा तपाईहरुको सुरुदेखिको फरक मत रहेको कुरा सरकारलाई जानकारी गराएका छौँ। वातावरणीय प्रभावित मुल्यांकन प्रतिवेदनमा पनि यो देखिन्छ।’

स्थानीयबासीसँगको विवाद सुल्झाएर काम अघि बढाउन सरकारलाई सुझाव दिएको बताउँदै श्रेष्ठले थपे–‘विवाद जारी भए ऋण लगानी गर्दैनौँ भनेका छौँ सरकारलाई।’

विवाद सुल्झाउने मध्यस्तकर्ता र निर्देशन दिने निकाय नभएकाले समस्या बल्झिदैँ गएको उनको धारणा थियो। Spacekhabar

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here