पर्सा राष्ट्रिय निकुञ्ज : आर्ट फर नेचर प्रदर्शनी


काठमाडौँ । पर्सा राष्ट्रिय निकुञ्जका बारेमा तयार पारिएका एक दर्जन कलाकारका चित्रकला ‘आर्ट फर नेचर’ को आइतवारबाट प्रदर्शनी सुरु भएको छ ।
चौथो अन्तर्राष्ट्रि प्रदर्शनी ‘आर्ट फर नेचर’ नाम दिइएको सो प्रर्दशनी आर्ट अफ काउन्सिल बबरमहलमा भइरहेको छ । सो कार्यक्रमको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले गर्नुभयो । सो कार्यक्रममा विश्व वन्यजन्तु कोषका लागि नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङले घुम्न जानैपर्ने विश्वका १५ मुलुकमा नेपाल पर्नु र त्यसमा पनि संरक्षित क्षेत्र र वन्यजन्तुनै छनोट हुनु खुशीको विषय भएको बताउनुभयो । डा. गुरुङले नेपालको पर्यटन क्षेत्रको लगानीसमेत वन्यजन्तु र प्रकृति संरक्षणमा हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।


कार्यक्रममा रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिमका अध्यक्ष डा.प्रभु बुढाथोकीले प्रकृति भनेको कलाकारको ‘वर्कसप’ भएको चर्चा गर्दै यसको संरक्षणका लागि विश्व वन्यजन्तु कोषको सहयोगमा हरेक वर्ष कला कार्यशाला गरिदै आएको बताउनुभयो ।
दि आर्ट क्लव नेपालको संयोजनमा ‘रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिम’ द्वारा आयोजित ‘आर्ट फर नेचर’ प्रदर्शनीमा राखिएका चित्रकलामा विकासका नाममा भइरहेको प्राकृतिक विनाशले वन्यजन्तु र प्रकृतिमा पारेको प्रभाव र निम्त्याएको डरलाग्दो अवस्थालाई चित्रित गरिएका छन् । प्रदर्शनीमा पूर्व उपकुलपति रागिनी उपाध्याय, शुदर्शनविक्रम राणा, सुनिता राणा, राजन पन्त, जस्मिन राजभण्डारी, सुरेम देशार, इशान परियार, सविता डंगोल, संगीता घिमिरे, प्रधी राणा, ग्रेवी भिन्सेन्ट, पल्भी बर्ग र भिल्मा लोट्टा पेन्टिलकैनेनका चित्रकला प्रर्दशनमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here