विद्युत् चोरको घरबाट फ्रिज, टिभी जफत !

बारा । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले विद्युत् चोरी गर्नेको घरबाट फ्रिज, पानी तान्ने मोटर, टि.भी. समेत नियन्त्रणमा लिएको छ । प्राधिकरणको लाइनबाट बिद्युत चोरी गरी २४ सैँ घण्टा घर झिलिमिलि पार्ने, रातदिन साउण्ड बक्सबाट गित सुन्ने, खेतबारीमा सिँचाई गर्ने गरेको पाइएपछि तिनीहरुको घरबाट फ्रिज, टिभी तथा पानी तान्ने मोटर पनि जफत गर्ने गरिएको छ ।
यसरी विद्युत् चुहावट नियन्त्रण गर्न सक्रियता देखाएपछि यहाँ २ करोड १२ लाख रुपियाँ भन्दा बढी असुली भएको छ । विद्युत चुहावट तथा महशुल बाँकी राख्नेको लगत कट्टा अभियान चलाइए पछि उनीहरुबाट बाँकी बक्यौताका साथै दन्ड जरिवानामा समेत बृद्धि भएको हो ।
साउनदेखि हालसम्म ७१२ जना विद्युत चुहावट गर्नेलाई पक्राउ गरी उनीहरुबाट ८७ लाख १९ हजार ७९८ रुपियाँ दण्डका साथै जरिवानागरी असुल उपर गरिएको कार्यालय प्रमुख गजेन्द्र कुमार चौधरीले बताउनुभयो । जिल्लाका १२८ जनाको विद्युत लगत कट्टागरी उनीहरुबाट १ करोड २५ लाख ८४ हजार २५५ रुपियाँ असुलउपर गरिएको छ ।


९४ जना सेवाग्रहीले विद्युत् खपत बढी गर्ने तर, समयमा महशुल नतिर्ने गरेपछि उनीहरुबाट एक महिनामा ५४ लाख १० हजार ७९३ रुपियाँ असुल गरिएको प्रमुख चौधरीले बताउनुभयो ।
केन्द्रको आदेश पछि जिल्ला ५६ प्रतिशत विद्युत् चुहावट भई रहेकाले त्यसलाई नियन्त्रणगरी ४१ प्रतिशतमा ल्याउन निर्देशन भएको प्राधिकरणले जनाएको छ । पहिला एक बर्षमा डेढ हजार मिटर सेवाग्रहीमा जान्थ्यो, अहिले तीन महिनाको अन्तरालमा सात हजार मिटर बाँडिएका छन् ।
कलैया अस्पताल बाहेक उद्योगतर्फ २ करोड रुपियाँ तथा सामुदायिक तर्फ ३ करोड रुपियाँ र अन्य सेवाग्रहीगरी ५५ करोड रुपियाँ बाँकी रहेकोमा कडाई गरिएपछि ३५ करोडम रुपियाँमा झारिएको कलैया प्राधिकरणले जनाएको छ ।

चुहावट नियन्त्रण टोलीले औरिया, सनफुलवा, कबही, हर्दिया, बरियारपुर, गंजभवानीपुर, कलैया नगरपालिका, गम्भिरिया, फेटा, पिप्राडी, ईनर्वासिरा, मनहर्वा, सिसवा, तेतरिया, अमृतगंज, पिपरपाती, कोतवाली कुडवा, सिम्रौनगढ, इटवाल लगायतको बाट मानिसनै पक्राउ गरी दण्ड जरिवाना गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here