बन्दैछ विद्युत् प्रसारण रिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जनकपुर, हेटौँडा, चितवन, भैरहवा लगायतका क्षेत्रमा प्रसारण रिङ बनाउने योजना अघि सारेको छ ।

ती क्षेत्रका हाल सञ्चालनमा रहेका उद्योगधन्दा र आगामी दिनमा विस्तार हुने उद्योग तथा विशेष आर्थिक क्षेत्रलाई ध्यान दिएर १३२ केभी क्षमताको प्रसारण लाइनको रिङ नै बनाउने गरी प्राधिकरणले काम गरिरहेको छ ।

पूर्वाधार तयार भएपछि मागअनुसारको विद्युत् आपूर्ति गर्न सकिने ‘ट्रिपिङ’ हुने लगायतका समस्या समाधान गरी नियमित विद्युत् आपूर्ति हुने अपेक्षा प्राधिकरणले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here