राष्ट्रपति र प्रधानमन्त्री द्वारा श्रद्धाञ्जलि अर्पण

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीसहित सात जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ । बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि सबैको शव पहिचान हुन नसकेपछि शुक्रबार बिहानका लागि श्रद्धाञ्जली कार्यक्रम राखिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रद्धाञ्जलि अर्पण गरिन र प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री अधिकारीलाई पार्टीको झण्डा ओढाए।

मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ । कार्यक्रममा उच्चपदस्त व्यक्ति, प्रतिपक्ष दल नेपाली कांग्रेस र विभिन्न दलका नेताहरु, नेकपाका नेता कार्यकर्ता, सर्वसाधारणलगायतले श्रद्धाजलि अर्पण गरिरहेका छन्

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here