नेपाली जडीबुटी मेला

काठमाडौँ । गुणस्तरीय जडीबुटीको दिगोरूपमा अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्ने उद्देश्यले ‘आठौँ नेपाल हब्र्स एक्स्पो–२०१९’ शुक्रबारदेखि शुरु हुँदै छ । मेला शुक्रबारदेखि आइतबारसम्म काठमाडौँस्थित ठमेलको छायाँ सेन्टरमा मेला सञ्चालन हुने भएको छ ।

मेलामा नेपालको हिमालदेखि तराईसम्म पाइने कृषि, जैविक उत्पादन र अन्य उत्पादनसँगै प्रविधि र गुणस्तरसम्बन्धी जडीबुटीको सचित्र जानकारी दिने ५० वटा आकर्षक कक्ष राखिने भएका छन् । मेलामा चार कक्ष नेपालबाहिरका उद्यमी र खरीदकर्ताको हुनेछ ।

‘गुणस्तरीय जडीबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको मेलामा सम्बन्धित विभिन्न विषयमा गोष्ठी तथा अन्तरक्रियासमेत गरिनेछ । नेपालमा पाइने झण्डै सात हजार प्रजातिका वनस्पतिमध्ये ७०० प्रजातिका जडीबुटी र औषधिजन्य वनस्पति पाइन्छ । जडीबुटीको व्यवसायले नेपालका करीब ८० प्रतिशत मानिसको जीविकोपार्जनमा प्रत्यक्ष सरोकार राख्दछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here