२३ करोड नयाँ नोट आउँदै, हिउँचितुवाको फोेटो अंकित हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपियाँ दरको २३ करोड थान नयाँ नोट छाप्ने तयारी गरेको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको नेपाल राष्ट्र बँैक स्रोतले जानकारी गराएको छ ।

विश्वव्यापी बोलपत्रका आह्वान गर्दा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभएको छ ।

फ्रान्सेली कम्पनीले ४७ करोड ७२ लाख ५०० यूरोमा उक्त परिमाणको नोट छाप्ने जिम्मा पाएको छ । बैंकका अनुसार ती नयाँ नोट आगामी दशैँसम्ममा आइ पुग्नेछ ।

स्मरणीय छ, नेपालमा नोटको प्रचलन चलाउँदा वन्यजन्तुको फोटो राख्ने चलन अनुसार ५० रुपियाँका नोटमा पनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तुको फोटो अंकित गरिदै आएको छ । बिभिन्न पटक छापिएका ५० रुपियाँका नोटमा उच्च हिमाली क्षेत्रमा पाइने चरा डाँफे, हिउँ चितुवा लगायतका दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको फोटो राख्ने गरिएको छ ।

नेपाल राष्ट्र बैँकले नेपाली नोटमा बिभिन्न वन्यजन्तुको फोटो राख्ने गरिएको छ । एक रुपियाँको नोटमा कस्तुरी, दुई रुपियाँ चितुवा, पाँच रुपियाँ याक, चौरी गाई , दश रुपियाँको नोटमा चित्तल, बीस रुपियाँको नोटमा बाह्रसिगे, एक सयको नोटमा एकसिँग गैँडा, २५० नोटमा राष्ट्रिय जनावर गाई, पाँच सयको नोटमा बाघ र एक हजारको नोटमा हात्ती लगायतका वन्यजन्तुको फोटो अंकित गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here