मन्त्री ज्यू, पानी छैन तर पानी एटीएमको उद्घाटन …

काठमाडौं । मेचम्चीको खानेपानी नआउँदा काकाकुल भएका उपत्यकाबासीका लागि मेलम्चीमा खेलाँची गर्ने खानेपानी मन्त्री विना मगरको वाटर (पानी) एटीएमको उद्घाटन गरेकी छिन् ।

ललितपुर महानगरपालिकाको प्राङ्गणमा वाटर एटीएमको उद्घाटन गरिएको छ । जसलाई नेपालमै पहिलो भनेर धुमधामका साथ प्रचार प्रसार गरिएको छ ।

खानेपानी मन्त्री बिना मगरका प्रेस संयोजकद्धारा सम्प्रेषित समाचार भनिएको छ, ‘मन्त्री विना मगरले मंगलबार वाटर एटीएमको उद्घाटन गर्नुभएको हो । उद्घाटन पछि उहाँले एटीएमबाट पानी झारेर पिउनुभएको थियो । यस्तो प्रविधि नेपालमा पहिलो पटक हो ।’

पानी छैन, पानी एटीएमले के गर्ने ? कार्यक्रममा सहभागी ललितपुरका स्थानीय बासिन्दा महेश तुलाधारले भन्दै थिए । कार्यक्रममा उपत्यका भरी २० ठाउँमा पानी एटीएम मेसिन जडान गर्ने जानकारी पनि दिइयो ।

वाटर एटीएमलाई नेपालीमा ‘पँधेरो’ नामाकरण गरिएको छ । उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाईने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपियाँ र एक लिटर पानीको मूल्य १० रुपियाँ राखिएको छ । उक्त एटीएममा दुई रुपियाँ क्वाईन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाईने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here