म चरित्र गुमाएको मान्छे होइन:डिजी खड्का (भिडियो सहित )

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले आफु चरित्र गुमाएकोे व्यक्ति नभएको बताउनुभएको छ ।

वार्डेन सम्मेलनको समापन कार्यक्रममा निकै थोरै आक्रोश अनि धेरै सम्वेदनशिल रुपमा अभिव्यक्ति दिँदै महानिर्देशक खड्काले विभागको निर्देशन अटेर गर्ने कर्मचारीले तत्काल कारवाही गर्ने बताउनुभयो । खड्का वन मन्त्रालय भित्र इमान्दार, स्वछ छवीका ब्यक्ति मानिन्छन ।

उहाँले भन्नुभयो, मैले तपाईहरुलाई फोन, इमेल गर्दा पनि रिपोटिङ नगर्ने ? मन्त्रालयमा जाँदा हरेक महिना डिजीले रातो पिरो मुख लगाउनु पर्ने हुन्छ । यस्तो अवस्था किन आयो ? उहाँले गम्भीर मुद्रामा भन्नुभयो, अब म तपाईहरुलाई चिठ्ठी लेख्दिन, पत्राचार गर्दिन । एकै पटक स्पष्टीकरण लेख्छु भनेको छु । मन्त्री र सचिवले पनि हुन्छ भन्नुभएको छ । म त्यही अनुसार काम गर्छु । नटर्नेलाई मैले छाड्दिन ।

उहाँले सम्वोधन गर्ने क्रममा भन्नुभयो, म मनबहादुर खड्का हुँ । मलाई धेरैले चिन्नु भएकै छ होला । म नैतिकता गुमाइसकेको मान्छे होइन । मैले दुई वर्ष विभागका काम गरिसके । मैले विभाग मागेर आएको पनि होइन, सरकार, मन्त्रालयले मलाई पठाएर म आएको हुँ ।
थप उहाँको शब्दमा भिडियो मार्फत

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here