दाङमा ६५ प्रतिशत वन

दाङ । जिल्लाको जम्मा भू–भागमध्ये ६५ प्रतिशत भू–भाग वनजङ्गलले ओगटेको वनविज्ञ किशोर रिजालले बताउनुभयो । साविक जिल्ला वन कार्यालयका प्रमुखसमेत रहनुभएका रिजालले एक लाख ९२ हजार ६८२ हेक्टर क्षेत्रफल वनजङ्गलले ओगटेको बताउनुभयो । दाङमा कूल ४९३ सामुदायिक वन, २६४ निजी वन र तीन धार्मिक वन छन् । कूल भू–भागको दुईतिहाइ भू–भाग वनले ओगटेकाले जीवजन्तु तथा पशुपक्षीको उपयुक्त बासस्थान बन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here