विरगञ्ज । अत्याधिक गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस र अचेत हुन थालेपछि बीरगन्ज महानगरपालिकाले आईतबारदेखि महानगरपालिका क्षेत्र भित्रका सबै बिद्यालयहरुमा एक साताका लागि बिदा दिएको छ ।
महानगरक्षेत्र भित्रका अधिकांश विद्यालयमा यस्तो समस्या देखा परेपछि यस्तो निर्णय गरिएको हो । अत्याधिक गर्मीका कारण शुक्रबार बिहान महानगरपालिकाको त्रि–जुद्ध माध्यमिक बिद्यालयका कक्षा ७ मा अध्यन्नरत छात्रा ममता कुमारी यादब बोहोस भए पछि उनलाई तत्काल नारायणी अस्पतालमा भर्ना गरी उपचार पश्चात घर पठाईएको थियो ।
गर्मीका कारण अन्य बिद्यालयका बालबालिकाहरु पनि लडेर अचेत भएपछि शिक्षक र बिधार्थी मिलेर बेहोस अवस्थामै अस्पताल लाने गरेकोले शिक्षक र अभिभावकहरुको सल्लाहमा हालका लागि महानगरपालिका क्षेत्रका सबै बिद्यालयहरुमा असार १ गतेदेखि छ गतेसम्मका लागि बिदा दिईएको नगर प्रमुख बिजय सरावगिले जानकारी दिए ।