खुला तारबाट वन्यजन्तु सधैँ जोखिममा

धम्बोझी । विद्युत् प्राधिकरणको खुला विद्युतीय तारले गर्दा वन्यजन्तु असुरक्षित हँुदै गएकोे छ ।

यही भदौमा बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्ती सामुदायिक वन जाने क्रममा विद्युत्को पोलबाट लत्रिएका हजाराँै भोल्टेजको तारमा कुल्चँदा हात्तीमा करेन्ट लागेको थियो । मधुवन नगरपालिका–१ स्थित कैलासीका बासिन्दाले हात्तीलाई करेन्ट लागेको देखेपछि विद्युत्को लाइन काट्न लगाएका कारण हात्ती बाँच्न सफल भएको थियो । केही मिटरअगाडि हात्ती हिँडेर लड्यो । करेन्ट लागेको हात्ती ३० मिनेटसम्म सोही स्थानमा लडिरहेको अवस्थामा उक्त निकुञ्जबाट आएका कर्मचारीले लडेको हात्तीमाथि पानी खन्याई रहेकाले केही समयपछि उठेर जङ्गलतिर गएको थियो ।

गत वर्ष पनि ठाकुरबाबा नगरपालिका–२ को बेटहनीमा गाउँलेको असावधानीले गर्दा एक हात्तीको करेन्ट लागेर मृत्यु भएको थियो । वन क्षेत्र आसपास खुला तारका कारण यस्ता थुप्रै दुर्घटना हुने गरेको तथ्य बाहिर आएका छैनन ।

विद्युत् आपूर्तिका लागि लगिएको खुला तार हजारौँको भोल्टेजको हुन्छ । उच्च भोल्टेजका कारण वन्यजन्तु बढी हिँड्डुल गर्दा तारमा छुने र दुर्घटनामा पर्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख अणनाथ बरालले बताउनुभयो । प्राधिकरणका तार तथा काठका खम्बाहरु जीर्ण भई विभिन्न स्थानमा भुइँमा लडेको अवस्थामा रहनाले त्यस्ता स्थानमा वन्यजन्तु दुर्घटना पर्ने सम्भावना अझै बढिरहने उहाँको भनाइ थियो । करेन्टबाट वन्यजन्तुलाई क्षति नहुन दिनका लागि खुला तार र जीर्ण रहेको विद्युतीय पोलका विषयमा छिट्टै नै प्राधिकरणसँग समन्वय गरेर निकास निकालिनेसमेत संरक्षण प्रमुख बरालको भनाइ थियो ।

हजाराँै भोल्टेजका तार वन क्षेत्रका आसपासमा रहेकाले वन्यजन्तु बढी ओहोरदोहोर गर्ने स्थानमा दुर्घटना हुने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत डा रविन कडेरियाले बताउनुभयो ।

वन क्षेत्र र जङ्गली जनावर ओहोरदोहोर गर्ने स्थान पहिचान गरी सो स्थानमा सुरक्षाका लागि एबिसी प्लाष्टिकले कभरेज गरिएको तार प्रयोग गर्नुपर्ने र जङ्गलको छेउछाउ लगाइएका यस्ता तारका सम्बन्धमा समयमै सावधानी नअपनाइए आगामी दिन पनि वन्यजन्तुमा करेन्ट लागेर ठूलो दुर्घटना हुने क्रम नरोकिने उहाँको भनाइ थियो ।

वन क्षेत्र आसपासका गाउँमा विद्युत् पु¥याउनका लागि तानिएका तारले गर्दा वन्यजन्तु दुर्घटनामा पर्नसक्ने विद्युत् प्राधिकरण गुलरिया शाखाका प्रमुख परितोषकुमार चौधरीले बताउनुभयो । होचा खम्बा र वन्यजन्तु हिँड्ने स्थानमा खुला तारमा जङ्गली जनावरले छुँदा दुर्घटना हुन सक्ने भएकाले खुला तारको सट्टामा एबिसी तार प्रयोग गर्न पहल गरिने उहाँले जानकारी दिनुभयो ।

निकुञ्ज क्षेत्र तथा जङ्गली जनावर बढी ओहोरदोहोर गर्ने स्थान पहिचान गरी सो स्थानमा के गरेर वन्यजन्तुलाई सुरक्षित पार्न सकिन्छ भन्नेबारे छिट्टैै उक्त राष्ट्रिय निकुञ्ज र विद्युत् प्राधिकरण बसेर ठोस निष्कर्ष पनि निकालिने शाखा प्रमुख चौधरीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here